एसबिआई बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न ३० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बैंकले पुस १३ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।