शुक्रबार सुन-चाँदीको भाउ कति ?


शुक्रबार सूनको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार २०० रुपैयाँ बढेको सुनको भाउमा शुक्रबार पुन ५०० रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको भाउ १ लाख १८ हजार ५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४६० रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ३१ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।