श्रीलङ्कामा ५.४ अर्ब डलर विप्रेषण भित्रियो


सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क (सीबीएसएल) ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ ।

कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो, सीबीएसएलको तथ्याङ्कमा उल्लेख छ ।

कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३।३ अर्ब डलर पठाएको बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रवासी कामदारले पठाउने रकम श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो ।

सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलङ्कालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि बिदेश गएका विदेशमन्त्री अली साब्रीले बिहीबार संसद्मा बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  ०६ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।