युनाईटेड इदी मर्दीले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


युनाईटेड इदी मर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न १४ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभा आभ्या क्लब, घारीपाटन – १७ पोखरा, कास्कीमा बिहान ११ देखि सुरु हुने छ । सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७९\०८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।