सुनको भाउमा लगातार गिरावट, तीन दिनमा १५ सय घट्यो


नेपाली बजारमा सुनको भाउ तीन दिनको अवधिमा १५ सय रुपैयाँले घटेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो । मंगलबार सुनको भाउ ५०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २६ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।