नेपाल तयारी पोशाक उद्योग संघले निर्यात प्रवर्द्धनमा सरकारले अपनाउनुपर्ने २७ बुदे नीतिगत विषयहरुमा छलफल गरी सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा, सोमबार राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा। राम कुमार फुयालसंग भेटी निर्यात प्रवर्द्धनका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
भेटमा विशेष गरी अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिका लागि देशभित्रै उत्पादनको अवसर बढाउने वातावरण बनाई निकासीमूलक उद्योगहरुको प्रवर्द्धन र विकास गरी वर्षेनी १५ खर्ब पुग्ने व्यापार घाटा न्यूनीकरण गर्न, दैनिक २५ सयको हाराहारीमा विदेशिने युवा श्रमशक्तिलाई स्वदेशमै रोकी रोजगारी दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस्तै अध्यक्ष पाण्डेले विदेशी मुद्रा सञ्चिति बढाउने तयारी पोशाकको निर्यात बढ्ने अनुकूलता सिर्जना गर्न, विश्व बजारमा प्रतिवर्ष १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात अवसर नेपालले गुमाइरहेको अवस्थालाई समेत मध्यनजर राख्दै १६ औं पञ्चवर्षीय राष्ट्रिय योजना तर्जुमाका क्रममा नेपालको तयारी पोशाक निर्यात प्रवद्र्धनका लागि सरकारले चाल्नु पर्ने ठोस पहलकदमीहरू बारे जोडदार रुपले प्रस्तुत गरे ।

छलफलको क्रममा माननीय सदस्य डा। फुयालले नेपालको तयारी पोशाक उद्योगहरूले उत्पादन गरेका वस्तुहरूलाई प्रबद्र्धन गर्दै, विश्व वजारमा समेत पुर्याउन निर्यातको वातावरण सृजना गर्नमा सरकारले सहजीकरण गर्ने विषयमा आगामी १६औं योजनामै प्रष्ट रूपले समावेश गर्ने प्रतिवद्धता समेत जनाए । यसका लागि तयारी पोशाकसंग सम्वन्धित उद्योगीहरूसँग निकट भविष्यमानै वृहत छलफलको आयोजना गर्ने कुरा पनि बताए ।
भेटमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालले नेपाल तयारी पोशाक संघले उठाएका विषयहरूलाई नेपाल सरकारले यथोचित सम्बोधन गर्ने बचन दिएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया