मल्टीपर्पस फाइनान्सले तोक्यो साधारण सभा र बुक क्लोज मिति


मल्टीपर्पस फाइनान्स लिमिटेडले २६ औँ साधारण सभा आह्वान गरेको छ । कम्पनीले फाल्गुण १८ गते शुक्रवार वित्तीय संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा दिउँसो १ बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु) छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०\८१ को हरहिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि फागुन ६ गते १ दिन शेयर दाखिल खारेज दर्ता बन्द रहने छ । जसअनुसार फागुन ३ गते बिहीबारसम्म नेप्सेमा कायम सेयरधनी मात्र सभामा भाग लिन र मतदान गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार  ०६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।