स्थानिय बजारमा तीन दिनमा १५ सय रुपैयाँ घटेको सुनको भाउ एकैदिन ६०० रुपैयाँले बढेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ४०० र मंगलबार ५०० रुपैयाँले घटेको थियो । सुनको भाउ बुधबार ६०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको छ । चाँदी मंगलबार पनि सोही भाउमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३४ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया