बिहीबार सुन-चाँदीको मूल्यमा गिरावट


बिहीबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार ६०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको भाउ १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव ८२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव २५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।