साताको अन्तिम कारोबार दिन आज शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ तोकिएको थियो । सुनको भाउ शुक्रबार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदीको भाउ २० रुपैयाँले बढेको हो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३३ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया