आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै आइतबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८२ पैसा र बिक्री दर २७ रुपैयाँ ९५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १० रुपैयाँ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया