सोमबार सुन-चाँदीको भाउ कति ?


सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०८०, सोमबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।