सन् २०२३ डिसेम्बरमा भारतको औद्योगिक उत्पादन ३.८ प्रतिशत बढ्यो


औद्योगिक उत्पादन सूचकाङ्कद्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि गत वर्ष डिसेम्बरमा ३.८ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ।

डिसेम्बरमा खानी, उत्पादन र विद्युत क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि रहेको देखिएको छ। प्रयोगमा आधारित वर्गीकरणअनुसार प्राथमिक वस्तुको परिसूचक १५१.७, पुँजीगत वस्तुको लागि १०३.३, मध्यवर्ती वस्तुको लागि १५९.३ र पूर्वाधाररनिर्माण सामग्रीको लागि १७७.९ रहेको स्रोतले जनाएको छ ।

यसैगरी डिसेम्बरका लागि उपभोक्ता टिकाउ र उपभोक्ता गैर-टिकाउ वस्तुहरूको सूचकाङ्क क्रमशः ११४ र १७८ पुगेको छ। नोभेम्बरमा उत्पादन सूचकाङ्क २.४ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।