मंगलबार घट्यो सुनको भाउ


मंगलबार सुनको भाउ ३०० रुपैयाँले घटेको छ । मंगलबार सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।