बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन् ।
यो स्किम निश्चित समयको लागि मात्र लागू हुनेछ । ग्राहकहरुले २०० र ३०० किमीको वुलिंग गाडीमा ८ बर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि पाउन सक्ने छन् । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज को बिधार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ ।
लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु छ स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराउँदै आएको छ ।
नेपाली बजारमा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया