नयाँ सामसङ ग्यालेक्सी फिट ३ नेपाली बजारमा


ग्यालेक्जी फिट ३ ले स्वास्थ्यलाई राम्रोसँग बुझ्न र कनेक्टेड अनुभवहरूको आनन्द लिन मद्दत गर्ने बजारमा ल्याएको छ । सामसङ नेपालले बुधबार आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ लन्च गरेको घोषणा गरेको हो ।

जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको छ । यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ ।

ग्यालेक्सी फिट ३ सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म-चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।

“स्वास्थ्यको बारे सोच्ने यस आधुनिक युगमा, मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्, र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ,” सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने । फिट ३ , हाम्रो नवीनतम फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवद्र्धन गर्ने र सबैलाई आफूलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिएको छ ।

ठूलो र झन् आकर्षक डिस्प्लेको साथ एक टिकाऊ र कम्प्याक्ट ट्रयाकर

ग्यालेक्सी फिट ३ लाई एल्युमिनियम बडी, एमलोड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५५ फराकिलो छ, जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत ष्लकष्नजतक जाँच गर्न सजिलो बनाउँछ ।

स्टिक देखिने ग्यालेक्सी ३ को तौल हलुका र लगाउन एकदमै आरामदायक भएकोले यसलाई सजिलैसँग चौबीसै घण्टा दैनिकरुपमा प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताहरूले ग्यालेक्सीलाई आफ्नो जीवनशैलीमा सजिलैसँग समावेश गर्न सक्छन्, यसको लामो समयसम्म टिक्ने ब्याट्री १३ दिन सम्म आरामले चल्छ । प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन् । प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार  ०८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।