बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ बिहीबर ८०० रुपैयाँ बढेको हो ।
आज बढेसँगै सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, बिहीबार चाँँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । बुधबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७१ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया