सेन्ट्रल फाईनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । सभाले सेन्ट्रल फाईनान्स, केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा २०८० साल चैत्र २३ गते शुक्रबार बिहान १० बजे सभा बोलाएको हो ।
सभाले वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद पारित गर्ने छ ।
यस्तै, सभाले लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०\८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ९ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया