अमेरिकी रिजर्भ बैंकले ब्याजदर घटाउने संकेत गरेसँगै आकासियो सुनको भाउ, एक हप्तामा १५ सय रुपैयाँ बढ्यो


यो साता पनि गत साता जस्तै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै र बिश्व बजारमा द्धन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताएका छन् ।

नेपालमा अन्तराष्ट्रिय बजारका आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार १ लाख २५ हजार रुपैयाँ रहेको सुनको भाउ साताको दोस्रो कारोबार दिन सोमबार ५०० रुपैयाँले घटेर १ लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन ७०० रुपैयाँ बढेर १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै साताको चौँथो दिन बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार व्रतितलो २ हजार ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार छापावाला सुनको भाउ १ लाख २७ हजार ८०० रुपैयाँ तोकिएको थियो । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको छ । आज शनिबार पनि शुक्रबार कै भाउमा कारोबार भइरहेको छ।

यस्तै शनिबार तेजावी सुन १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यो साता चाँदीको भाउले पनि रेकर्ड मूल्य कायम गरेको छ । चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँ पुगेर रेकर्ड कायम गरेको हो ।

यद्यपी यो साता चाँदी प्र्रतितोला ३० रुपैयाँ घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार १ हजार ५३० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।