सुनको मूल्य सामान्य बढ्यो, सोमबारको भाउ कति ?


सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । आज बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ १५ रुपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १६९ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।