बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ र बिक्री दर १७० रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४३ पैसा र बिक्री दर ८८ रुपैयाँ ८३ पैसा रहेको छ ।
बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा र बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७४ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया