नेपाल एसबिआई बैंक र फोन पेबीच नेपाल र भारतबीचको भुक्तानीलाई सहज बनाउने सम्झौता


नेपाल एसबिआई बैंक र फोन पेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसाग सम्झौता गरेको हो ।

नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब यूपीआई आबद्ध एपहरू फोन पे, भीम यूपीआई, गुगल पेको प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन् ।

नेपाल एसबिआईको फोनपे नेटवर्कसाग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउादै यूपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् । सम्झौताले नगदरहित कारोवारलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य लिएको छ ।

उक्त सम्झौता पत्र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।