काठमाण्डौं महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग


नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाण्डौं महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन्।

उनले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्थित्वमा आधारित भएको बताए । उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए ।

उनले संविधानको अनुसूचि ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै सङ्घीय सरकार र काठमाण्डौं महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको बताए ।

उनले भने, ‘‘संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूचि ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ । हाल सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।’’ उनले सरकारले तत्काल समन्वय गर्न आग्रह गरे । उनले सरकारी पक्षले अहङ्कार, हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।