सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च


काठमाडौँ । सीजी मोटर्सले नेपालमा ईभी ब्रान्डको उपस्थिति बलियो बनाउन वीरगन्जमा विभिन्न ईभी गाडी लन्च गरेको छ । यसका लागि कम्पनीले मिनोल्टा इन्भेस्टमेन्टलाई आधिकारिक च्यानल पार्टनरका रूपमा नियुक्त गरेको छ । सीजीले एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाई र रिडारालाई लन्च गरेको हो ।

यी ईभी ब्रान्डको छुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । साथै एक्सपेंग जी ६ ले सुरक्षा रेटिङमा पाँच पाएको, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज दिने विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।

आयान वाईमा १०० किलोवाट मोटर रहेको र यसले २२५ एनएम टर्क प्रदान गर्नेछ । आयान वाईमा ५२० र ६५० किलोमिटर रेन्ज दिने क्षमता छ । एभाटर ११ मा १९० किलोवाटको मोटर, रिडारा आरडी ६ अफ रोडका लागि डिजाइन गरिएको र नेटा एक्सले ५ सय किलोमिटर रेन्ज प्रदान गर्ने भिन्न किसिमका विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।