एस.के. इनर्जी डेभलपमेन्टले प्राथमिक शेयर निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्रि प्रबन्धक नियुक्त


एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य १०० रुपैयाँको दरमा २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

कुल २० हरोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने सम्बन्धमा भएको सम्झौतामा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  १९ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।