एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा डेढ करोडबाट साढे ५ करोड


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा भारी सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विबरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी ८ करोड १ लाख रुपैयाँ छ भने कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ रुपैयाँ ६७ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ८ रुपैयाँ ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १० पैसा र र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा बढी छ ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।