काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त कम्पनीलाई थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति दिएको छ । बोर्डले स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तलाई एफपीओ निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।
स्वरोजगार लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गर्नेछ भने विन नेपाल लघुवित्तले अंकित मूल्य १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ छ ।










प्रतिक्रिया