कालिञ्चोक दर्शन लिमिटेडको शतप्रतिशत हकप्रद एसबिआई मर्चेण्टले निष्काशन गर्ने


कालिञ्चोक दर्शन लिमिटेडको १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हकप्रद सेयर नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले निष्काशन गर्ने भएको छ । प्रतिसेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

 

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार  १६ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।