यस्तो छ ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ (पूर्णपाठ)


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुनमहिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकको आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

फागुन मसान्तसम्ममा मुलुकको चालु खाता एवम् शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिलाई आयात धान्ने गरी चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति १७ अर्ब २७ करोड डलर कायम भएको छ । यो रकम नेपाली रुपैयाँमा रुपान्तरण गर्दा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ हुन आउँछ ।

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा फागुन मसान्तसम्म साढे १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

सरकारको खर्च साढे आठ खर्ब हुँदा राजस्व परिचालन सवा सात खर्ब

चालु खाता १ खर्ब ८० अर्बले बचतमा

मुद्रास्फीतिमा सामान्य सुधार, खाद्य र सेवा क्षेत्रमा मूल्यवृद्धि कायमै

१४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा, २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर सञ्चित

चालु आवको ८ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स

निर्यात ५७ प्रतिशतले बढ्दा ९ खर्ब ८७ अर्बको घाटा व्यहोर्दै मुलुक

बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशतले बढ्दा कर्जा प्रवाह ६ प्रतिशत बढ्यो

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको फागुम सम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ को पूर्णपाठः

प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार  १९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।