रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने


काठमाडौँ ।  रिलायन्स फाइनान्स लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने भएको हो । यस्तै कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको हो ।

प्रकाशित मिति: ३१ चैत २०८१, आइतबार  १२ : ३८ बजे