सुनको भाउमा गिरावट


काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला  १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ तोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २२४.८ अमेरिकी डलर र चाँदी ३२.३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ वैशाख २०८२, मंगलबार  ११ : २२ बजे