काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनसार समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८१ प्रतिशत बढेर ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १६।५४ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.३५ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ८० लाख र कुल खर्च १७।७२ प्रतिशतले बढेर ४ अर्ब ३३६ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७१ पैसा घटेर ७ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ।
चुक्ता पूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँरहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया