उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना


काठमाडौँ । उदयपुर त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।