काठमाडौँ । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्कीको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ।
करिब ६६ करोड १८ लाख ९४ हजार लागतको उक्त आयोजनामा बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ।
मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।
उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको बैंकले जनाएको छ।












प्रतिक्रिया