काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयरबिक्री गरेको हो ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ।










प्रतिक्रिया