नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता


काठमाडौँ । नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष केवल ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनसँगै आर्थिक चुनौती र कठिनाइलाई स्पष्ट रूपमा प्रकट गर्दछ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले भने, ‘यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।’यस ऐतिहासिक सफलतामा योगदान

पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो, उनले बताए ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।