काठमाडौँ । विगत दुई वर्षदेखि हाइड्रोपावरको साधारण सेयर निष्काशन रोकिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार २०८० साल भदौ १३ गते भुजङ्ग हाइड्रोले २० लाख कित्ता सेयर निष्काशन गर्नको लागि दिएको निवेदन अझै स्वीकृत हुन सकेको छैन ।
बोर्डका अनुसार हाल ७५ कम्पनीका ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरका ३७ करोड ४५ लाख २० हजार ३३५ कित्ता सेयर निष्काशनको प्रतीक्षामा रहेका छन् ।
बोर्डको तथ्यांक अनुसार विकास बैंक समूह अन्तर्गत १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशनको पर्खाइमा छन् ।
होटल तथा पर्यटनमा चारओटा कम्पनीका १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरका १ करोड ४२ लाख १० हजार कित्ता सेयर पाइपलाइनमा छन् ।
सबैभन्दा बढी हाइड्रोपावर समूहका सेयर पाइपलाइनमा रहेको छन् । बोर्डका अनुसार विगत दुई वर्षदेखि हाइड्रोपावरको आइपीओ निष्कासन हुन नसक्दा ३७ कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता सेयर पाइपलाइनमा छन् । १८ अर्ब २६ करोड १ लाख ४० हजार रुपैयाँ हाराहारीको सेयरर निष्काशन हुन नपाएको हो ।
यस्तै लगानी समूहका ४ कम्पनीका ३ अर्ब १४ करोड १०० लाख ३७ हजार रुपैयाँ बराबरका १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयरहरु पाइपलाइनमा छन् ।
उत्पादन तथा प्रशोधन समूहका १६ कम्पनीका २७ अर्ब ४ करोड ४९ लाख १६ हजार रुपैयाँ बराबरका १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर निष्कासनको लागि आवेदन दिएर प्रतीक्षामा छन ।
माइक्रो इन्स्योरेनस अन्तर्गत ३ कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरका ६७ लाख ५० हजार कित्ता सेयर आवेदन दिएर पाइपलाइनमा रहेका छन् ।
अन्य समूहका १० कम्पनीको ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरका २ करोड ६७ लाख ६५ हजार कित्ता सेयर आवेदन दिएर धितोपत्र बोर्डको निर्णको प्रतीक्षामा रहेका छन् ।












प्रतिक्रिया