काठमाडौं । खाइपाइ आएको सेवा सुविधा कटौती भएपछि धितोपत्र बोर्डका कर्मचारी आन्दोलित बनेका छन् । कर्मचारीहरूको दुई वटै संगठनले सेवासुविधा कटौतीको विरोध गर्दै कामकारबाही ठप्प परेका छन् ।
बुधबार कर्मचारीहरूले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिएका छन् भने कामकाज पनि ठप्प पारिएको कर्मचारीहरूले बताएका छन् ।
हाल कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् । तर हालै मन्त्रीस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिइएको छ । त्यति मात्रै नभइ यसअघि लिइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी निर्णय भएको छ ।
लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बोर्ड अध्यक्ष श्रेष्ठलाई यो निर्णय तत्काल फिर्ता गर्न/गराउन वा राजीनामा दिन भन्दै उनीहरुले दवाव दिएका छन् ।












प्रतिक्रिया