मञ्जुश्री फाइनान्सको लाभांश घोषणा


काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले कर प्रयोजनका लागि समेत हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१\८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ०७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।