काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज शुक्रबार बसेको ४९१ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरु लाई गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ रुपैयाँको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३.५९ रुपैयाँ सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
२०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १९ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औषत लाभांश दर ११.८७ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।












प्रतिक्रिया