सागर डिष्टिलरीको आईपीओ बाँडफाँड


काठमाडौँ । सागर डिष्टिलरीको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जसअनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। यस्तै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।