जेनजी आन्दोलन

नेशनल, स्टार माइक्रो र राष्ट्रिय बीमा कम्पनीको भुत्तानी शुन्य, कुल भुक्तानीमा सिद्धार्थको हिस्सा ४५.९ प्रतिशत


काठमाडौँ । सरकार परिवर्तनको लागि जेनजी समूहले गरेको आन्दोलनको करिब २ महिना पुग्न लागेको छ । तर, हालसम्म पनि नेशनल, स्टार माइक्रो र राष्ट्रिय बीमा कम्पनी क्षतीको कुनै पनि रकम भुत्तानी गरेका छैनन् ।

बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा हालसम्म ५८ करोड ६९ लाख रुपैयाँ दाबीपरेको छ भने नेशनल इन्स्योरेन्समा ८ करोड ६२ लाख रुपैयाँ र स्टार माइक्रोमा ७२ लाख रुपैयाँ दाबी परेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी गरेका छन् । जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भुत्तानी गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरेको छ । जुन कुल भुत्तानीको ४५.९ प्रतिशत हो ।

दि ओरियण्टलले एक करोड ६६ लाख, आइजिआई प्रुडेन्सियलले ३१ करोड ४१ लाख, शिखर इन्स्योरेन्सले ५८ करोड ३२ लाख, सगरमाथा लुम्बिनीले सात करोड २४ लाख, नेको इन्स्योरेन्सले नौ करोड ८० लाख, हिमालयन एभरेष्टले २५ करोड ६० लाख, सानिमा जिआईसीले सात करोड १४ लाख, युनाइटेड अजोडले एक करोड ७८ लाख, एनएलजीले दुई करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख, प्रभुले २२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रोटेक्टिभ माइक्रोले २५ लाख, ट्रस्ट माइक्रोले २२ लाख र नेपाल माइक्रोले १२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हालसम्म बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणको तथ्यांक अनुसार १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार १८७ संख्यामा बीमा दाबी परेको थियो ।

तथ्यांक अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा पाँच अर्ब ४९ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । दि ओरियण्टलमा पाँच अर्ब २४ करोड रुपैयाँको दाबी परेको छ ।

आइजिआई प्रुडेन्सियलमा दुई अर्ब ७९ करोड, शिखरमा दुई अर्ब ४१ करोड, सगरमाथा लुम्बिनीमा एक अर्ब ५८ करोड, नेकोमा एक अर्ब १४ करोड, हिमालयन एभरेष्ट्रमा ९७ करोड १४ लाख, सानिमा जिआईसीमा ९२ करोड र युनाइटेड अजोडमा ६३ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

यस्तै, एनएलजीमा ६३ करोड ६४ लाख, राष्ट्रिय बीमा कम्पनीमा ५८ करोड ६९ लाख, नेपाल इन्स्योरेन्समा ४६ करोड ९५ लाख, प्रभु इन्स्योरेन्समा २१ करोड ८ लाख र नेशनल इन्स्योरेन्समा ८ करोड ६२ लाख रुपैयाँ बीमा दाबी परेको छ ।

प्रोटेक्टिभ माइक्रोमा एक करोड ४९ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रोमा ५९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ३९७ वटा दाबी परेको छ । दि ओरियण्टलमा ९९, आइजिआई प्रुडेन्सियलमा २१५, शिखरमा ४३५, सगरमाथा लुम्बिनीमा ३४२, नेकोमा २६४, हिमालयन एभरेष्ट्रमा २७१ वटा बीमा दाबी परेको छ ।

यस्तै, सानिमा जिआईसीमा १७६, युनाइटेड अजोडमा २३८, एनएलजीमा २०८, राष्ट्रिय बीमा कम्पनीमा २४७, नेपाल इन्स्योरेन्समा १०९, प्रभु इन्स्योरेन्समा १११, नेशनलमा २५ वटा बीमा दाबी परेको छ ।

प्रोटेक्टिभ माइक्रोमा १३, स्टारमा ९, ट्रस्टमा ११ र नेपाल माइक्रोमा १७ वटा बीमा दाबी परेको छ ।

बागमती प्रदेशमा सबैभन्दा धेरै दाबी

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट बागमती प्रदेशमा एक हजार ७२३ वटा दाबी परेको छ । प्रदेशमा १७ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको हो । त्यसमध्ये हालसम्म दुई अर्ब १५ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

यस्तै, कोशी प्रदेशमा ३९२ वटा दाबी परेको छ । प्रदेशमा दुई अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीहरुले ३१ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेका छन् ।

मधेश प्रदेशमा ३६७ वटा दाबी परेको छ । ७० करोड ३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । हालसम्म चार करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

उता, गण्डकी प्रदेशमा २१६ वटा मार्फत एक अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीहरुले १५ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

लुम्बिनी प्रदेशमा ४७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। े प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २५७ वटा दाबी परेको थियो । हालसम्म कम्पनीहरुले आठ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

कर्णाली प्रदेशमा नौ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेकोमा ९० लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २८ वटा दाबी परेको थियो ।

यस्तै, सुदुरपश्चिम प्रदेशमा ३२ करोड ६० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । तथ्यांक अनुसार सो प्रदेशमा भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीमा २०४ वटा दाबी परेको थियो । हालसम्म दुई करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

 

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।