मोबाइलबाट यसरी हेर्नुस् एनपीएल लाइभ


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदै छ । एनपिएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्।

यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिट्मै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ ।

यद्यपी, मोबाइलबाटै डिसहोम गो एप डाउनलोड गरेर पनि एनपीएल हेर्न सकिने छ । एपमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न ’एनपीएल स्ट्रिम अन प्याक’ खरिद गर्नुपर्ने हुन्छ । जसको मूल्य नेपालभित्र ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र त्यस बाहेकका अन्य देशहरूका लागि १० अमेरिकी डलर राखिएको छ ।

यसरी हेर्नुस् एनपीएल

१. सबैभन्दा पहिले गुगल प्ले स्टोर वा एप्पल आइओएस स्टोरमा गएर डिशहोम गो एप डाउनलोड गर्नस् । यदि तपाईंले ठूलो स्क्रिनमा हेर्न चाहनुहुन्छ भने वेब ब्राउजर वा एन्ड्रोइड टिभी पनि प्रयोग गर्न सकिन्छ।

२. एप खुलेपछि अन्त्यतिर रहेको कन्टिन्यु भन्ने बटनमा ट्याप गर्नुहोस् र नोटिफिकेसन पठाउने अनुमति दिने/नदिने मध्ये कुनै एक विकल्प छान्नुहोस्।

३. अब एपको होम पेज बाट तल दायाँ कुनामा रहेको ‘मोर’ अप्सनमा ट्याप गर्नुहोस् र त्यहाँ देखिने ‘लग–इन’ वा ‘सस्क्राइब’ मध्ये कुनै एक बटन छान्नुहोस्।

४. यदि तपाईंले ‘लग–इन’ रोज्नुभयो भने—मोबाइल नम्बर, इमेल, फेसबुक वा इमेलबाट प्रवेश गर्ने विकल्प देखिनेछ। आफूलाई सजिलो हुने विकल्प छानेर अघि बढ्न सक्नुहुन्छ।

५. लग–इन गरिसकेपछि फेरि पहिलेको ‘मोर’ बटनमा ट्याप गर्नुहोस् र त्यसपछिको ‘सस्क्राइभ’ को बटम दबाउनुहोस् ।

६. अब तपाईंको लोकेसन अनुसारको एनपीएल सिजन पास देखिनेछ। त्यहाँ रहेको विकल्प छान्नुहोस् र खल्ती, इसेवा, वा भिसा/मास्टरकार्ड मध्ये मनपर्ने भुक्तानी माध्यम प्रयोग गरेर अन्त्यमा रहेको भुक्तानी पुष्टि गर्नुहोस् ।

अब तपाईले मोबाइलबाटै एनपीएल हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।