टिम भेञ्चर्स लिमिटेडले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल


टिम भेञ्चर्स लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन गर्नका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ ।

कम्पनीले कुल २५ लाख १८ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसांग श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

काठमाण्डौंको सिनामंगलमा कार्यालय रहेको टिम भेञ्चर्स लिमिटेड वि.सं. २०७३ सालमा स्थापना भएको इनभेष्टमेन्ट कम्पनी हो । उक्त कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब रहेको छ । कम्पनीले हाल ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार), उत्पादन क्षेत्र (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी गरेको छ ।

भविष्यमा कम्पनीले लगानीका अन्य श्रेत्रमा अवसरहरू खोज्ने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।