जाडो मौसमलाई लक्षित गर्दै न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारमा नयाँ ‘स्टोरेज वाटर’ ग्यास गिजर सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टनका उत्पादहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ ।
क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर तातोपना र सुरक्षित प्रणालीका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय रहेको कम्पनीको भनाई छ ।
यस वर्ष बजारमा आएको ‘Acenza Plus’ (ASWH-6115/6125) र ‘Solarium Care’ (ASWH-3915/3925) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो तातोपनाको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ । Aczenia Plus Series आधुनिक घरका लागि प्रिमियम हिटिङ उपलब्ध गराउनुका साथै Solarium Care Series ले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो तातोपानीको सेवा दिने विज्ञप्तिमा उल्लेख छ ।
क्रम्प्टनका दुवै नयाँ मोडेलमा Robust Glassline Coating ले ट्यांकलाई दिगो र सुरक्षित राख्ने साथै ‘एलइडी वाटर टेम्प्रेचर नोटिफिकेशन’ प्रणालीले पानी तत्ने क्रममा तापक्रम परिवर्तनको अवस्थालाई तुरुन्त बुझ्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
‘एन्टी स्केल टेक्नोलोजी’ ले ट्यांकभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने तथा ३ अलग अलग ‘वाथिङ मोड’ ले परिवारका सदस्य अनुकुल तातो पानी प्रयोग गर्न मिल्ने विज्ञप्तिमा उल्लेख छ ।
“Acenza Plus Series df Smart Energy Management Technology समावेश गरिएको छ, जसले ऊर्जा खपतलाई अनुकूल बनाइ Heating Performanceअभ अझ कुशल बनाउँछ । आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम Heating Solution का रूपमा यो मोडेल प्रस्तुत गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “Solarium Care Series : 5-Star Energy Rating समावेश गरिएको छ, जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री Heating Experience प्रदान गर्छ। दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ।”
देशभरका सिजी डिजिटलका शो–रूमहरू, सिनिी इलेक्ट्रोनिक्सका डिलर नेटवर्क, तथा प्रमुख इकमर्श प्लेटफर्महरुमा नयाँ क्रम्प्टन गिजरहरूको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया