सिटिजन्स क्यापिटललाई ‘सिटिजन्स सन्तुलित योजना’ निष्कासनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिटिजन्स क्यापिटल लिमिटेडको ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी म्युचुअल फण्ड सार्वजनिक गर्ने अनुमति दिएको छ ।

कम्पनीले मंसिर ९ गते ‘सिटिजन्स सन्तुलित योजना’ नामक बन्दमुखी म्युचुअल फण्ड सार्वजनिक गर्ने अनुमति पाएको हो।

सेबोनबाट स्वीकृति प्राप्त गरेसँगै अब कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्री गर्ने अन्मती पाएको हो । यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन हुने छ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।