काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।












प्रतिक्रिया