भुजुङ्ग हाइड्रोपावरलाई आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति


भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।