प्रभु बैंकको कार्यवाहक सीईओको जिम्मेवारी निरज लम्साललाई


काठमाडौँ । प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिइएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको हो ।

बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धान प्रक्रियामा रहेकाले दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट वरिष्ठतम् कर्मचारी लम्साललाई जिम्मेवारी दिएको जनाएको छ ।

बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउनका लागि लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको बैंकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।