सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल


काठमाडौँ । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ । उनी बैंकको डेपुटी सीईओ हुन् ।

मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । २०७८ मंसिरमा नियुक्त भएका हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ ।

त्यसअघि डेपुटी सीईओ रहेका कँडेललाई नै बैंकले कामु सीईओको जिम्मेवारी दिई पछि सीईओ नियुक्त गरेको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।